काठमाडौं । इरानले आफ्नो सडकमा क्षेप्यास्त्र खसेपछि कतारले त्यसकोे कडा शब्दमा निन्दा गरेको छ ।
अन्तराष्ट्रि सञ्चार माध्यमका अनुसार कतारको एक आवासीय क्षेत्रको सडकमा क्षेप्यास्त्र खसेको छ ।
उक्त क्षेप्यास्त्र जमिनमा खसेपछि ठूलो आगोको ज्वाला निस्केको थियो । साथै कालो धुवाँको मुश्लो समेत आएको थियो । उक्त क्षेप्यास्त्र खसेपछि मानिसहरूको भागाभाग भएको थियो ।
उक्त क्षेप्यास्त्र अनियन्त्रित भएको खसेको जनाइएको छ । लगत्तै कतारको विदेश मामिला मन्त्रालयले वक्तव्य जारी गर्दै ‘इरानी बलिस्टिक क्षेप्यास्त्रले कतारी भूभागमा निशाना’ बनाउने कार्यको कडा शब्दमा निन्दा गरेको छ ।
कतारले आफ्नो राष्ट्रिय सार्वभौमिकतामाथिको सिधा उल्लंघन भएको साथै आफ्नो सुरक्षा र अखण्डतामाथि हमला भएको चित्रण गरेको छ । आगामी समयमा यस्ता गतिविधिलाई स्वीकार्न नसकिने जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्