Skip to content

बुढानीलकण्ठमा एसके ड्रिम ब्युटी स्टुडियो सञ्चालनमा

nabil bank

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा एसके ड्रिम ब्युटी स्टुडियो सञ्चालनमा आएको छ । बुढानीलकण्ठस्थित रुद्रेश्वर चोकस्थित एनआइसी एसिया बैंक रहेको भवनमा शुक्रबारदेखि स्टुडियो सञ्चालनमा आएको हो ।

सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यसहित स्टुडियो सञ्चालनमा ल्याइएको सञ्चालक विन्दु अधिकारीले जानकारी दिइन । एसके ड्रिम ब्युटी स्टुडियो काठमाडौं उपत्यकाबाहिर सन् २०२१ देखि सञ्चालनमा रहेको भएपनि काठमाडौंमा पनि सेवा शुरु गरेको हो ।

स्टुडियोले दुलही तथा विशेष अवसरका लागि श्रृंगार, पार्टी तथा कार्यक्रम विशेष श्रृंगार, कपाल सजावट र उपचार, अनुहार तथा छाला हेरचाह, म्यानिक्योर र पेडिक्योर, वैक्सिङ तथा अनावश्यक रौँ हटाउने सेवा, आँखीभौँ तथा परेलाको सौन्दर्य वृद्धि, स्पा, हेयर कलरिङ तथा हाइलाइट, साथै विभिन्न प्रिमियम प्याकेज र कम्बो अफरहरू उपलब्ध गराउने बताइएको छ।

स्टुडियोले अनुभवी तथा पेशागत रूपमा तालिमप्राप्त सौन्दर्यकर्मीमार्फत आधुनिक प्रविधि प्रयोग गरी सुरक्षित र गुणस्तरीय सामग्रीका साथ सेवा प्रदान गरिने जनाएको छ। सञ्चालक अधिकारीका अनुसार ग्राहकको चाहना र शैलीअनुसार व्यक्तिगत परामर्श सेवा समेत उपलब्ध गराइनेछ। काठमाडौं उपत्यकाभित्र घरमै सेवा सुविधा उपलब्ध गराउने स्टुडियोले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi