काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराई दमक पुगेका छन् । उनी आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुने छन् ।
ताप्लेजुङमा एमालेको पालिकास्तरीय अन्तिम चुनावी सभालाई शनिबार अपराह्न फुङलिङमा सम्बोधन गरी भट्टराई ओलीको निर्वाचन क्षेत्र झापा–५ पुगेका हुन् ।
उनी पुगे लगत्तै मतदाताहरु सँगको भेटमा सकृय भएका छन् । उनी आज कमल गाउँपालिकमा हुने र्याली उद्घाटनका लागि जाँदैछन् । ओलीको चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने कार्यक्रम रहेको छ ।











प्रतिक्रिया दिनुहोस्