काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध रहेको बताएकी छिन् ।
उनले आज राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताएकी हुन् । ‘हामी हरदम तपाईँहरूको साथमा छौँ’ उनले भनिन् ‘नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ ।’
मध्यपूर्वी क्षेत्रमा विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको उनको भनाइ छ ।
उक्त क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको कार्कीको भनाइ छ । साथै परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको उनले जानकारी गराइन् ।
युद्धको संकट गहिरिएको र इरान र वरपरको तनावले नेपालीलाई पनि चिन्तित बनाएको कार्कीको तर्क छ । ‘त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो’ उनले भनिन् ।











प्रतिक्रिया दिनुहोस्