काठमाडौं । होलीमा प्रयोग हुने रङ १५ करोड ६१ लाख रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार १५ करोड ६१ लाखरुपैयाँको २५१.९७ मेट्रिक टन रङ आयात भएको उल्लेख छ ।
उक्त परिमाणमा रङ आयात हुँदा ३ करोड ३८ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको उल्लेख छ । यस्तो रङ नेपालमा भारत, चीन, जर्मनी, कतार, युएईलगायतका मुलुकबाट आयात हुने गरेको उल्लेख छ ।











प्रतिक्रिया दिनुहोस्