Skip to content

नेकपा पर्सा क्षेत्र-२ का उम्मेदवार चौधरी शंकास्पद बस्तुसहित पक्राउ

nabil bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरी शंकास्पद बस्तुसहित पक्राउ परेका छन् ।

उनलाई मंगलबार राति करिब ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिसपी तथा प्रवक्ता हरि बहादुर बस्नेतले बताए ।

बस्नेतका अनुसार नियमित चेकजाँचका क्रममा चौधरीसहित चार जनालाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकिएको थियो । जाँचका क्रममा गाडीबाट चार लाख ८७ हजार नगद बरामद भएपछि उम्मेदवार यादवसहित ४ जनालाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको छ । यादव तत्कालीन सङ्घीय समाजवादी फोरमबाट २०७४ स्थानीय तह निर्वाचन सिरहा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi