Skip to content

दोलखामा ४१.८९ प्रतिशत मत खस्योः बेदिङमा मतदान बहिस्कार, मालुमा स्थगित

nabil bank

काठमाडौं । दोलखा जिल्लामा ४१.८९ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार दोलखाका विभिन्न निर्वाचन क्षेत्रमा ३ बजेसम्म ४१.८९ प्रतिशत मत खसेको हो ।

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–९ स्थित बेदिङ मतदान केन्द्रमा स्थानीय सर्वसाधारणले निर्वाचन बहिष्कार गरेका छन् ।

यस्तै दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा विवाद बढेसँगै मतदान स्थगित भएको छ । मतदान अहिलेसम्म सुचारु हुन सकेको छैन ।

उक्त क्षेत्रमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । मतदान अधिकृत अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । स्थानीयले मतदानमा खटिएका कर्मचारीलाई हातपात गर्न खाजेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi