काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बिहान ११ बजेसम्म १९ लाख २३ हजार ८२४ मत खसेको छ ।
यो भनेको समग्र मतको १०.१८ प्रतिशत भएको निर्वाचन आयोगले जनाएको छ ।
आज बिहान ७ बजेदेखि देशैभर धमाधम मतदान भइरहेको छ । केही मतदान स्थल बाहेक अन्य स्थलमा मतदान जारी छ । मतदान बिहान ७ बजेदेखि सुुरु भएको हो । साँझ ५ बजेसम्म मतदानका लागि लाइन लागेका मतदाताले भोट हाल्न पाउनेछन् ।











प्रतिक्रिया दिनुहोस्