काठमाडौं । आज प्रतिनिधि सभा निर्वाचन सकिएसँगै काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा मतगणना हुने भएको छ । काठमाडौंमा करिब ६० देखि ६५ प्रतिशत मत खसेको छ ।
जिल्ला मुख्य निर्वाचन अधिकृतका अनुसार मतपेटिका संकलनको काम शुरु भएको छ । आजै मतदगाणा हुने भएको छ ।
आज हुने मतगणनामा काठमाडौंको क्षेत्र नम्बर १ को मतगणना सहकारी विभागमा, क्षेत्र नम्बर २ को कागेश्वर मनोहरा नगरपालिका, क्षेत्र नम्बर ३ को चामुन्डा माध्यमिक विद्यालय नारायणटार, क्षेत्र नम्बर ४ को बूढानीलकण्ठ नगरपालिका–२ स्थित जेष्ठ नागरिक कार्यालय, क्षेत्र नम्बर ५ को श्री समाज भवन टोखा नगरपालिका–५, क्षेत्र नम्बर ६ को तार्केश्वर नगरपालिका धर्मस्थली, क्षेत्र नम्बर ७ को जुडो हल नयाँबजार, क्षेत्र नम्बर ८ को जनउद्धार माध्यमिक विद्यालय हरिसिद्धि, क्षेत्र न्मब्र ९ को चन्द्रगिरी नगरपालिका बलम्बु र क्षेत्र नम्बर १० को त्रिभुवन विश्वविद्यालय स्मृति भवन कीर्तिपुरमा हुने व्यवस्था गरिएको छ ।











प्रतिक्रिया दिनुहोस्