Skip to content

केही वायुसेवा कम्पनीले ट्रान्जिटमा रहेका यात्रु लक्षित सीमित उडान गर्ने

nabil bank

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण हवाई उडानमा प्रतिबन्ध लाग्दा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भइरहेका छन्। यसैबीच केही वायुसेवा कम्पनीले ट्रान्जिटमा रहेका यात्रुलाई लक्षित गर्दै सीमित उडान सञ्चालन गर्ने भएका छन्।

मध्यपूर्व क्षेत्रमा अलपत्र परेका तथा तेस्रो मुलुक हुँदै नेपाल आउने ट्रान्जिट यात्रुहरूलाई लक्षित गरी केही विमानस्थलबाट नेपाल आउने र नेपालबाट सोही विमानस्थलसम्म मात्र जाने गरी सीमित उडान सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ।

तर ती उडानहरू कनेक्टिङ वा ट्रान्जिल यात्रुबाहेक अन्य यात्रुका लागि लागू नहुने बताइएको छ। सम्बन्धित निकायले मध्यपूर्वका देशहरूमा रहेका तथा त्यहाँबाट ट्रान्जिट हुँदै तेस्रो मुलुक यात्रा गर्ने हवाई यात्रुहरूलाई सम्बन्धित वायुसेवा कम्पनीसँग समन्वय गरेर आफ्नो बुकिङ कन्फर्म गरेपछि मात्र विमानस्थलमा आउन अनुरोध गरेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi