Skip to content

दोलखाको मालुमा मतदान स्थगित

nabil bank

काठमाडौं । दोलखा जिल्लाको मालु मतदान स्थलमा मतदान स्थगित भएको छ ।

तामाकोशी गाउँपालिका–४ मालु मतदान केन्द्रमा विवाद बढेसँगै मतदान स्थगित भएको दोलखामा सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आले लगानी न्यूजलाई बताए ।

उनका अनुसार अहिले छलफल भइरहेको छ । सर्वदलीय बैठकमा छलफल भएपछि पुनः मतदान हुने उनको भनाइ छ ।

मतदान केन्द्रमा कर्मचारीमाथि हातपात गर्न खोजेपछि प्रहरीले हवाई फायर गरिसकेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi