Skip to content

पर्सा– ३ को मतगणना सुरु, रास्वपाका चौरसियाको अग्रता

nabil bank

पर्सा । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र–३ मा मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार २४ सय ८५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्तप्रसाद चौरसियाले १ हजार ५१ मत ल्याएर अग्रता लिए छन् । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले ७७१, नेकपा एमाले का रूपेशकुमार पाण्डेले २३८ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १४ र स्वतन्त्र नौ गरी २३ जना उम्मेदवार रहेका छन् । यस क्षेत्रमा ९६ हजार पाँच सय ४२ मतदातामध्ये प्रत्यक्षतर्फ ६७ हजार ५०४ मत खसेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi