Skip to content

नेमकिपाको ‘गढ’ रास्वपाको पक्कडमा, खत्री भन्दा बस्नेत धेरै तल

nabil bank

भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरले अग्रता लिएको छ ।

मध्यान्न १ बजेसम्मको मतगणनाअनुसार क्षेत्र नं १ माा रास्वपाका रुकेश रञ्जितले ८ हजार ३०८ मतसहित अग्रता लिएका छन् ।

यहाँ नेमकिपाका प्रेम सुवालले ५ हजार १७७, नेपाली कांग्रेसका किरण न्यौपानेले एक हजार ३०७ र नेकपा एमाले का सोमप्रसाद मिश्रले ६९४ मत प्राप्त गरेका छन् ।

यसैगरी क्षेत्र नं २ मा रास्वपाका राजीव खत्रीले ७ हजार दुई मतसहित अग्रता कायमै राख्दा एमालेका महेश बस्नेतले २ हजार ५३८ मत प्राप्त गरेका छन् । यहाँ कांग्रेसका कविर राणाले १ हजार १५८ मत प्राप्त गरेका छन् ।

यहाँ क्षेत्र नं १ मा एक लाख सात हजार ५४ मतदाता रहेकामा ७६ हजार ७६१ र क्षेत्र नं २ मा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो । भक्तपुर १ नेकपाको पक्कड मानिने क्षेत्र हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi