काठमाडौं । काठमाडौं १ मा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारको जमानत जफत भएको छ ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शनाले विजयी भएकी छिन् ।
यो क्षेत्रमा रास्वपाकी दर्शनाले १५ हजार ४५५ मत ल्याएर विजयी भएकी हुन् । दोस्रो हुने कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याएका छन् ।
निर्वाचनमा एमालेका उम्मेदवार मोहनारज रेग्मीले ३ हजार ९७२ र नेकपाकी उम्मेदवार मेनुका भण्डारीले ३१५ मत ल्याए ।
निर्वाचन ऐनको परिच्छेद १०को विविध खण्डअन्तर्गत दफा ६४ मा पहिलो निर्वाचित हुने प्रणालीअनुसार जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार एमाले र नेकपाका उम्मेदवारको धरौटी जफत हुने भएको हो ।











प्रतिक्रिया दिनुहोस्