Skip to content

रुपन्देही–२ मा रास्वपाका खरेल भारी मतले अगाडि

nabil bank

लुम्बिनी । रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको साढे १० बजेसम्मको मत परिणामअनुसार १५ हजार ४१३ मतगणना हुँदा सदर भएको १४ हजार ९८६ मतमध्ये रास्वपाका सुलभ खरेलले १० हजार ५१९ मत प्राप्त गरी अग्रता लिएका छन् ।

नेकपा एमालेका विष्णुप्रसाद पौडेलले दुई हजार १९३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले एक हजार २०४ मत प्राप्त गरे । उक्त क्षेत्रमा कूल एक लाख ३५ हजार ५० मतदाता रहेका भएकामा ८६ हजार ५१० मत खसेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi