Skip to content

ललितपुर–३ बाट रास्वपाकी डा कार्की निर्वाचित

nabil bank

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा तोसिमा कार्की निर्वाचित भएकी छिन् । उनी ४३ हजार ९६ मतका साथ विजयी हुनुभएको मुख्य निर्वाचन पुनाराम खनालले जानकारी दिए ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले नौ हजार ४५ मत प्राप्त गरे । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजकाजी महर्जनले छ हजार २२ मत प्राप्त गरे ।

एक लाख दुई हजार ४३६ मतदाता रहेको ललितपुर–३ मा ६९ हजार ३९१ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi