Skip to content

प्रतिनिधिसभा निर्वाचनः रास्वपा ३४ स्थानमा विजयी, ८४ क्षेत्रमा अगाडि

nabil bank

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ३४ क्षेत्रमा जित निकालेको छ । बिहान १२ः३० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ८४ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

आयोगका अनुसार मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिष झा, महोत्तरी १ मा प्रमोदकुमार महतो, बारा ३ मा अरबिन्द साह, पर्सा १ मा बुद्धिप्रसाद पन्त निर्वाचित भएका छन्।

त्यस्तै काठमाडौँ १ मा रञ्जु न्यौपाने, काठमाडौँ २ मा सुनिल के.सी., काठमाडौँ ३ मा राजुनाथ पाण्डे, काठमाडौँ ४ मा पुकार बम, काठमाडौँ ५ मा सस्मित पोखरेल, काठमाडौँ ६ मा शिशिर खनाल, काठमाडौँ ७ मा गणेश पराजुली, काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ ९ मा डोलप्रसाद अर्याल, काठमाडौँ १० मा प्रदीप विष्ट र भक्तपुर १ मा रुकेश रञ्जित निर्वाचित भइसकेका छन्।

यसैगरी चितवन २ मा पार्टी सभापति रवि लामिछाने, रूपन्देही २ मा सुलभ खरेल, रूपन्देही ३ मा डा. लेखजंग थापा, रूपन्देही ४ मा कन्हैया बनियाँ, बारा ४ मा रहबर अन्सारी, पर्सा २ मा सुशीलकुमार कानु, कास्की २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा बिना गुरुङ, स्याङ्जा १ मा धनञ्जय रेग्मी, पर्वत १ मा सागर भुसाल, बाँके १ मा सुरेशकुमार चौधरी, बाँके ३ मा खगेन्द्र सुनार, बाग्लुङ १ मा सुशील खड्का, बाग्लुङ २ मा सोम शर्मा, कैलाली १ मा कोमल ज्ञवाली र गुल्मी २ मा गोविन्द पन्थी निर्वाचित भएका छन्।

नेपाली कांग्रेसले ६ क्षेत्रमा जित निकालेको छ । भरत बहादुर खडकाले डोटी–१ बाट, बासना थापाले दैलेख–१ बाट, तेह्रथुम क्षेत्र नं १ मा सन्तोष सुब्बा, मनाङ १ मा कांग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली र दैलेख क्षेत्र नं १ मा बासना थापा विजयी हुनुभएको छ । जारी मतगणनामा कांग्रेसका उम्मेदवार १० स्थानमा अगाडि रहेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भइसकेका छन् । यसैगरी, कालिकोट–१ बाट महेन्द्रबहादुर शाही विजयी भएका छन् । नेकपाका उम्मेदवार जारी मतगणनामा ९ क्षेत्रमा अग्रस्थानमा रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई र ऐनबहादुर महर बझाङ–१ विजयी भएका छन् । एमालेका उम्मेदवार ८ निर्वाचन क्षेत्रमा अगाडि छन् ।

म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको थियो । श्रम संस्कृति पार्टीका उम्मेदवार ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक स्थानमा अगाडि छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi