काठमाडौं । सिन्धुली क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आशिष गजुरेल विजयी भएका छन् ।
गजुरेलले १७ हजार ९४० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लेखनाथ दाहाल पराजित भए । उनले १४ हजार ७८० मत प्राप्त गरेर दोस्रो भए ।
यस्तै नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६०६ र नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत पाए ।











प्रतिक्रिया दिनुहोस्