Skip to content

बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित

nabil bank

बाँके । बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित भएका छन् ।

उनी २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित भएको क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए ।

सुनारका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले १३ हजार २१५ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दीपक गौरीमगरले ४ हजार १५ मत प्राप्त गरे ।

बाँकेको क्षेत्र नं १ मा पनि रास्वपाका सुरेश चौधरी विजयी भए । क्षेत्र नं २ मा भने नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राई विजयी भए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi