Skip to content

तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी

nabil bank

तेह्रथुम । प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् । सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी पाएको मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले जानकारी दिए ।

उनका अनुसार निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका भानुभक्त ढकाललाई ८७९ मतान्तरले पछि पार्दै सुब्बा प्रतिनिधिसभा सदस्य निर्वाचित भए । एमालेका केन्द्रीय सचिव ढकालले १० हजार ६८२ मत प्राप्त गरे ।

प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ र श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi