भक्तपुर । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुरको निर्वाचन क्षेत्र– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भए । उनले ४२ हजार ३३४ मत प्राप्त गरे ।
यस क्षेत्रमा नेकपा एमालेका महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम विसीले जानकारी दिए । नेपाली कांग्रेसका कबिर राणाले आठ हजार ४०१ मत प्राप्त गरे ।
यस क्षेत्रमा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो ।











प्रतिक्रिया दिनुहोस्