Skip to content

भक्तपुर-१ मा रास्वपाका रुकेश रन्जित विजयी, बर्षौदेखि बजेको मादलको खरी घण्टीको आवाजले झर्यो

nabil bank

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई ५हजार २८९ मतले पछाडि पारी रास्वपाका रुकेश रन्जित विजयी भएका छन् ।

सम्पन्न मतगणनामा रन्जितले ३३ हजार ४३६ मतले विजयी भएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिए ।

उनका प्रतिस्पर्धी नेमकिपाका सचिव सुवालले २८ हजार १४७ मत प्राप्त गरे । त्यसैगरी नेपाली कांग्रेसको किरण न्यौपाने चार हजार २८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाए ।

भक्तपुर–१ लाई बर्षौदेखि नेमकिपाको गढको रुपमा मानिदै आएको छ । यस पटक रास्वपाले त्यसलाई रोकेको छ । यो पटक रास्वपाका रन्जितले नेमकिपा बाहेक अन्य दलको जमानत समेत जोगिन दिएनन् ।

भक्तपुर–१ मा नेमकिपाले २०४८ सालदेखि निरन्तर जित्दै निकाल्दै आएको छ । अन्य कुनै दललाई पनि भित्रिन दिएको थिएन ।

काम पनि नेमकिपाले राम्रो नै गरेको स्थानीयको भनाइ छ । फोहर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण लगायतका काममा निकै राम्रो काम गरेको स्थानीयको भनाइ छ । यसले स्थानीयको मन जितेको छ ।
त्यही भएर यो क्षेत्रमा नेमकिपाले पक्कड जमाउँदै आएको थियो ।

तर यसपटक नेमकिपाको उक्त बर्चस्व तोडियो । देशभर बजेको घण्टीको चर्को ध्वनीले भक्तपुर–१ मा मादलको खरी मात्रै झरेन, मादल फुट्यो नै ।

भक्तपुरमा नेमकिपाको बर्चश्व तोड्न यसअघिका निर्वाचनमा कांग्रेस, एमाले, माओवादीले निकै कसरत गरे । त्यो सम्भव भएको थिएन । यो पटक घण्टीले मादल बजाइरहने नेमकिपाको योजना बिफल बनायो ।
नेमकिपाले २०४८ सालमा १, २०५१ मा ४, २०५६ मा १, २०६४ मा ५, २०७० मा ४ र २०७४ र २०७९ मा १–१ सांसदलाई जिताएको थियो ।

यस पटक देशब्यापी रुपमा बजेको घण्टी भक्तपुर १ मा पनि निकै राम्रोसँग बजेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi