Skip to content

पाल्पा–२ रास्वपाका डा माधवबहादुर थापा विजयी

nabil bank

 

पाल्पा । पाल्पा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा माधवबहादुर थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनकोे अन्तिम मतपरिणामअनुसार उनले २६ हजार ७३६ मत प्राप्त गरेर विजयी भए ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए ।

त्यस्तै, नेकपा एमालेका ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिष्ट पार्टीका सोमप्रसाद पाण्डेयले पाँच हजार २८८ र नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत पराजुलीले जानकारी दिए । यहाँ यसअघिको निर्वाचनमा एमालेका ठाकुर गैरे विजयी भएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi