काठमाडौं । आइतबार सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ हजार ५०० रुपैयाँ बढेको छ । यसैगरी, आज चाँदीको मूल्य ३० रुपैयाँ बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३० रुपैयाँ बढेर प्रतितोला ५ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजार चाँदी तोलाको ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।











प्रतिक्रिया दिनुहोस्