बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारी विजयी भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले २२ हजार १३४ मत ल्याएर विजयी भए ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरे ।
यसअघि नेकपा एमालेबाट लगातार तीनपटक विजयी भएका दामोदर भण्डारी भने यसपटक तेस्रो स्थानमा झरे ।
उनले १७ हजार ९१ मत ल्याए । एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७३ हजार १४८ मतदाताले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्