काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई विजयी भएका छन् । उनले ३५ हजार ७४१ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । राईले ८ हजार ४९२ बढी मत पाएर विजयी भएका छन् ।
यस्तै नेकपा एमालेका टिकाराम लिम्बुले ६ हजार ४६३ मत प्राप्त गरे भने नेकपाका सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत पाएका छन् ।











प्रतिक्रिया दिनुहोस्