काठमाडौं । मकवानपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतम दोब्बर बढी मतले विजयी भएका छन् ।
उनले ३६ हजार ३३ मत पाएर विजयी भएका छन् ।
गौतमको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) लाई १४ हजार ३८ मतले पराजित गरे ।
नेकपा एमालेका रामेश्वर रानाले १२ हजार ७८३ मत पाए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का विजय गौतमले १० हजार ७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ मत पाए ।
निर्वाचनमा राप्रपाका दीपकबहादुर सिंह छैठौं स्थानमा पुगेका छन् । उनले ४ हजार ५७४ मत पाएका छन् ।
यस्तै श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत पाएकी छिन् ।











प्रतिक्रिया दिनुहोस्