Skip to content

जेनजी आन्दोलनको प्रतिवेदन बुझाउन सिंहदरबार पुग्यो कार्की आयोगको टोली

nabil bank

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको जाँचबुझ आयोगले आज प्रतिवेदन सरकारलाई बुझाएको छ ।

सरकारले असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन पदाधिकारीहरु सिंहदरबार पुगेका हुन् ।

आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi