Skip to content

सर्लाही–३ मा रास्वपाका साह विजयी, नारायणकाजीको लज्जास्पद हार

nabil bank

सर्लाही । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवार विजयी भएका छन् ।

निर्वाचन अधिकृत नवराज आचार्यका अनुसार उनले ४६ हजार ८९० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गरे । रास्वपाका साह यस क्षेत्रमा पनि मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता कायम गरे ।

नवनिर्वाचित साहले ३३ हजार ५५२ मतान्तरले विजयी भए । निर्वाचन परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार हरिप्रसाद उप्रेतीले पाँच हजार ७७६, नेपाली कांग्रेसका उम्मेदवार विनोद खनालले छ हजार ६२४ र उज्यालो नेपाल पार्टीका उम्मेदवार त्रिभुवनकुमार सिंहले दुई हजार ६२२ मत प्राप्त गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi