काठमाडौं । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल विजयी भएका
निर्वाचन आयोगका अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितबहादुर चन्दले २० हजार ९०४ र नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत प्राप्त गरे ।
यस्तै, नेकपा एमालेका गुलावजङ्ग शाहले १५ हजार ३७३ मत प्राप्त गरे । जिल्लामा प्रमुख राजनीतिक दल र स्वतन्त्र गरी १४ उम्मेदवार प्रतिस्पर्धामा थिए । यहाँ कुल एक लाख ६२ हजार ४४४ मतदाता रहेका थिए ।











प्रतिक्रिया दिनुहोस्