Skip to content

बालेनको चुनाव प्रचारमा १४ लाख बढी खर्च, कुन शीर्षकमा कति ? 

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रतिनिधि सभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगलाई पेस गरेका छन् । सोमबार उनले आफ्नो निर्वाचनको प्रचारमा भएको खर्चको विवरण पेस गरेका हुन ।

उनले चुनावी प्रचारका क्रममा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका छन्। निर्वाचन खर्चको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको उल्लेख गरिएको छ।

विवरणअनुसार हवाई भाडा १५ दिनका लागि ८ वटा सवारी साधन भाडामा लिँदा इन्धनसहित २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको देखाइएको छ । यसैगरी, हवाई यात्रा बापत ५ पटकमा ३५ हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ।

मतदाता प्रशिक्षण कार्यक्रमका लागि ५५ जनाको खाना खर्चमा २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ। त्यस्तै वडा स्तरमा १५ दिनसम्म गरिएको घरदैलो प्रचार कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँ खर्च गरिएको देखाइएको छ।

बालेनको चुनाव प्रचारको लागि नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ खर्च भएको छ। निर्वाचन क्षेत्रीय कार्यालय दुई महिना सञ्चालन गर्दा पानी खर्च शीर्षकमा १ लाख २०  हजार रुपैयाँ र स्टेशनरी खर्चमा २२  हजार ८२० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

प्रचार–प्रसारका सामग्री खरिदतर्फ कागज तथा छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ खर्च भएको देखाइएको छ भने ब्यानर तथा स्टिकरलगायत प्रचार सामग्रीमा १ लाख १९ हजार ८०८ रुपैयाँ खर्च भएको उल्लेख छ। मनोनयन दर्ता शुल्कबापत १० हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi