Skip to content

छुट्ला है शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिन

nabil bank

काठमाडौं । शिखर पावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको साधारण सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

आईपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने छ । कम्पनीले फागुन १७ गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँको ३२ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । ज

समा ९ लाख ८० हजार कित्ता साधारण सेयर वातावरणी प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि, २ लाख २२ हजार कित्ता साधारण सेयर श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि र १ लाख ११ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीका लागि ४४ हजार ४०० कित्ता छुट्याएर बाँकी रहेको १८ करोड ४२ लाख ६० हजार रुपैयाँको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल छ। आईपीओमा सर्वसाधारण लगानीकर्ताले सी–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi