Skip to content

टिकेन सेयर बजारको उत्साह, कारोबार रकम साढे ७ महिना यताकै उच्च

nabil bank

काठमाडौं । निर्वाचन पछिको पहिलो कारोबार दिन सोमबार उत्साहजनक देखिएको सेयर बजार दोस्रो कारोबार दिन अर्थात मंगलबार भने घटेको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ३२.०८ घटेर २८४३ बिन्दुमा पुगेको छ । आजको प्रि–ओपन सेसनमा २९ सय बिन्दु माथि पुगेको सेयर बजार कारोबारमा आएपछि भने निरन्तर उत्तार चढाव देखिए र अन्तिमसम्म पनि घटेर बन्द भएको हो ।

मंगलबार सेयर बजार घटेको भएता पनि कारोबार रकममा भने उत्साहजनक देखिएको छ । मंगलबार २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साउन महिनामा ११ गते २५ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ पुगेको थियो । साउन १२ गते १८ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज त्यसदिन पछिको उच्च कारोबार भएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi