Skip to content

संसद् प्रवेश गर्न खोजेका २२ उद्योगी-व्यवसायीको यात्रामा पूर्णविराम, कस्का लागि को बाधक ? 

nabil bank
काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा उद्योग–व्यवसाय पृष्ठभूमिका उम्मेदवारहरूले उल्लेख्य सहभागिता देखाएका थिए । तर, ती उद्योगी व्यवसायीहरू मध्ये सीमित व्यवसायी मात्र संसद् प्रवेश गर्न पाउने भएका छन् । अधिकांश व्यवसायीको संसद्को यात्रा ५ वर्षको लागि टुङगिएको छ ।
२१ फागुनमा भएको निर्वाचनका लागि विभिन्न दलबाट ठुला उद्योगपति, निर्माण व्यवसायी, पर्यटन, बैंकिङ, ऊर्जा तथा वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू चुनावी मैदानमा उत्रिएका थिए ।
यो पटकको संसद् नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा चौधरी समूहका अध्यक्ष विनोद चौधरी नहुने भएका छन् । उनी नवलपरासी–१ बाट उम्मेदवार बनेका थिए । तर, उनले त्यहाँ चुनाव जित्न सकेनन् ।
उनको क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट विक्रम खनालले जितेका छन् । चौधरी यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए । चौधरीलाई हराउने खनाल नेपाली कांग्रेस छाडेर रास्वपाको तर्फबाट निर्वाचित भएका हुन ।
यसैगरी, ऊर्जा तथा मेडिकल व्यवसायी डा. सुनिलकुमार शर्मा मोरङ–३ बाट उम्मेदवार बनेका थिए । तर, उनले चुनाव जित्न भने सकेनन् । रास्वपाको गणेश कार्कीसँग उनी पराजित भए ।
यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्माले रुपन्देही–२ बाट उम्मेदवारी दिएका थिए। तर, उनी त्यहाँबाट पराजित भए । उनीको क्षेत्रमा पनि रास्वपाले जितेको छ । उक्त स्थानमा रास्वपाको सुलभ खरेल विजयी भएका छन् । उक्त क्षेत्रबाट नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पनि रास्वस्पासंग पराजित भएर संसद् छिर्न नपाउने भएका छन् ।
व्यवसायी अनिलकुमार रुंगटाले पर्सा–१ बाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए ।  उक्त क्षेत्रमा रुंगटा तेस्रो स्थानमा आएका छन् । पर्सा–१ बाट रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि) विजयी भएका छन् । दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार प्रदीप यादव रहेका छन् ।
यसैगरी, झापा–३ बाट कांग्रेसको तर्फबाट उम्मेदवार बनेका व्यवसायी राजेन्द्र घिमिरे पनि पराजित भएका छन्  ।  यस क्षेत्रबाट पनि रास्वपाका उम्मेदवार प्रकाश पाठक विजयी भएका छन् । उक्त क्षेत्रमा  राप्रपाका राजेन्द्र  प्रसाद लिङ्देन दोस्रो भएका छन् ।
यसैगरी, नेपाली कांग्रेसको तर्फबाट कैलाली–२ बाट उम्मेदवार बनेका व्यवसायी विजयबहादुर स्वाँर पनि पराजित भएका छन् । उनको क्षेत्रमा रास्वपाका उम्मेदवार केपी खनाल विजयी भएका छन् ।
नेपाली कांग्रेस नेता तथा व्यवसायी कर्णबहादुर बुढा डोल्पाबाट उम्मेदवार बनेका थिए । उनलाई उक्त क्षेत्रबाट नेकपाका उम्मेदवार धनबहादुर बुढाले पराजित गराएका छन्  । उक्त ठाउँको निर्वाचनमा पहिलो नेकपा, दोस्रो एमाले र तेस्रो कांग्रेस भएका हुन ।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का पूर्व अध्यक्ष रमेशप्रसाद धमला धादिङ–२ बाट नेपाली कांग्रेस उम्मेदवार भएका थिए । तर, उनी त्यस क्षेत्रबाट पराजित भएका छन् । उनलाई रास्वपाका बोधनारायण श्रेष्ठले पराजित गराएका हुन् ।
यसैगरी, काँग्रेसका पर्यटन व्यवसायी कृष्ण रिजाल धादिङ–१ बाट चुनावी प्रतिस्पर्धामा थिए । तर, उनी उक्त क्षेत्रमा पराजित हुँदै तेस्रो स्थानमा रहेका छन् । धादिङ–१ बाट रास्वपाको उम्मेदवार आसिका तामाङ विजयी भएकी छन् । यसैगरी, दोस्रो स्थानमा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठी रहेका छन् ।
यसैगरी, मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष तथा काँग्रेसका नेता भरतराज ढकालले स्याङ्जा–१ बाट उम्मेदवारी दर्ता गराएर निर्वाचनमा सहभागी भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत स्याङ्जा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनञ्जय रेग्मी २९,०७१ मत ल्याई विजयी भएका छन् । ढकाल उक्त पराजित भए ।
व्यवसायी प्रेमकुमार खत्री नेपाली कांग्रेसको तर्फबाट गोरखा–१ बाट उम्मेदवार थिए । उनी पनि संसद् छिर्न पाएनन् । उनको क्षेत्रमा रास्वपाका उम्मेदवार सुदन गुरुङले विजय प्राप्त गरेका छन् ।
वैदेशिक रोजगार व्यवसायी तथा काँग्रेसका नेता तिलक रानाभाट कास्की–१ बाट उम्मेदवारी दिएका थिए । तर, उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार खडक राज पौडेल  विजयी भएका छन् ।
व्यवसायी तथा नेपाली कांग्र्ेसका नेता केशव पाण्डे झापा–१ बाट निर्वाचनमा सहभागी भएका थिए । उनलाई उक्त क्षेत्रबाट रास्वपाका उम्मेदवार निशा डाँगीले हराएकी छिन् ।
यसैगरी, नेपाली काँग्रेसका नेता तथा व्यवसायी भुवन श्रेष्ठले पनि संसद् छिर्न नपाउने भएका छन् । उनले गुल्मी–२ उम्मेदवारी दर्ता गराएका थिए । उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् ।
यसैगरी, वैदेशिक रोजगार व्यवसायी किरण किशोर घिमिरे दाङ–२ बाट कांग्रेसको उम्मेदवार बनेका थिए । उनी पनि पराजित भएका छन् । उक्त क्षेत्रमा रास्वपाका विपिनकुमार आर्चाय विजयी भएका छन् । उक्त क्षेत्रमा घिमिरे तेस्रो स्थानमा छन् । दोस्रो स्थानमा एमालेका नेता संकर पोख्रेल रहेका छन् ।
यसैगरी, नवलपुर–१ बाट उम्मेदवारी दर्ता गराएका उद्योगी तथा नेकपा एमालेका नेता भागीरथ सापकोटा पनि पराजित भएका छन् । उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार राजन गौतम विजयी भएका छन् । एमाले नेता सापकोटा तेस्रो स्थानमा छन् । दोस्रो स्थानमा नेपाली काँग्रेसका नेता बालकृष्ण घिमिरे रहेका छन् ।
यता एमालेका तर्फबाट कपिलवस्तु–३ मा उम्मेदवारी दर्ता गराएका लुम्बिनी सुगर मिल्सका अध्यक्ष वीरेन्द्रकुमार कनौडिया पनि पराजित भएका छन् । उनलाई नेपाली काँग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहले हराएका हुन ।
एमालेका व्यवसायी मनोज अग्रवाल मोरङ–५ बाट पराजित भएका छन् । उनको क्षेत्रमा रास्वपाका आशा झा विजयी भएकी छन् ।
दुग्ध व्यवसायी रामचन्द्र उप्रेती झापा–१ बाट, वैदेशिक रोजगार व्यवसायी लालप्रसाद साँवा लिम्बू झापा–४ बाट र व्यवसायी कृष्णकुमार श्रेष्ठ बारा–४ बाट पराजित भएका छन् ।
यता राष्ट्रिय जनमत पार्टीबाट डा.वीरेन्द्रप्रसाद महतो व्यवसायी हुन । उनी सिराहा–४ बाट उम्मेदवार बनेका थिए । तर, उनी पनि संसद् छिर्न नपाउने भएका छन् । उक्त क्षेत्रबाट रास्वपाका तपेश्वर यादव विजयी भएका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi