काठमाडौं । बुधबार सेयर बजार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुवै उच्च अंकले घटेको छ । बुधवार सेयर बजार मापक नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ बिन्दुमा झरेको छ । निर्वाचन पछिको पहिलो कारोबार दिन सोमबार सकारात्मक सर्किट लागेर बन्द भएको सेयर बजार मंगलबार र बुधवार भने घटेको छ ।
यसैगरी, मंगलबार साढे ७ महिना यताकै उच्च कारोबार भएको सेयर बजारमा बुधवार कारोबार रकम पनि उच्च अंकले घटेको हो । मंगलबार २१ अर्ब ५० करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको सेयर बजारमा बुधवार १३ अर्ब १८ करोड २ लाख ५५ हजार १५७ रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये १ उपसमूहको मात्र मूल्य बढेको छ । आज म्यूचुअल फण्ड कम्पनीको सेयर मूल्य ०.३४ प्रतिशत बढेको छ । बाँकी सबै उपसमूहको सेयर मूल्य घटेको छ ।
आज कारोबारमा आएको ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३ कम्पनीको सेयर मूल्य यथावत् रहेको छ ।
आज साल्सा विकास बैंकको सेयर मूल्य १० प्रतिशत बढेको छ । यसैगरी, नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.३३ प्रतिशत बढेको छ ।
प्रतिक्रिया दिनुहोस्