काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन खर्च सार्वजनिक गरेको छ ।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा भएकोे खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन अवधिमा लामिछानेले ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको जनाएका छन् ।
निर्वाचनमा उनले मनोनयन दर्ता गर्दा १० हजार, नमुना मतपत्र छपाई गर्दा ६८ हजार १६१ रुपैयाँ, यातायात तथा इन्धन खर्च २ लाख ९५ हजार, खाजा तथा मतदाता प्रशिक्षण खर्च २ दिनमा १४ हजार २००, २८ वटा वडामा वडास्तरिय प्रचार प्रसारमा ४६ हजार, प्रचार सामाग्री खरिद (ब्याच, झण्डा) खरिदमा १ लाख १२ हजार, ब्यानर र स्टिकरमा ५५ हजार, खाधान्न तथा रासनमा १ लाख ९६ हजार, ३ पटक हवाई खर्च १३ हजार ६२६ रुपैयाँ र गोष्टी तथा भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको छ ।











प्रतिक्रिया दिनुहोस्