Skip to content

अभाव टार्न आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निगमको निर्णय

nabil bank

काठमाडौं । अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ । नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको हाे ।

उपभोक्ताले आवश्यकभन्दा बढी परिणाममा ग्यास सिलिण्डर भण्डार गर्न थालेपछि निगमले बजारमा आधा सिलिन्डर पठाउने निर्णय गरेको हो। पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव र पश्चिम एसियामा बढ्दो द्वन्द्वको भयले पनि ग्यास भण्डार गरेर राख्ने प्रवृत्ति बढ्दो छ।

निगमले इन्डियन आयल निगम (आईओसी) सँग किनेर ग्यास बिक्री गर्दै आइरहेको छ। तर भारतबाट मागअनुसारको ग्यास आउन छाडेको छ। नेपालमा औसतमा दैनिक १२० बुलेट ग्यास आवश्यक पर्छ। करिब दैनिक ८० वटाको हाराहारीमा बुलेट आइरहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi