काठमाडौं । सर्वोच्च अदालतले किशोरी साह कमललाई कालोसूचीबाट हटाउन अन्तरिम आदेश दिएको छ ।
साहले आफूलाई कालोसूचीमा राखेको विषयमा अदालतमा रिट दायर गरेकोका थिए । आज सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले आज साहको पक्षमा अन्तरिम आदेश दिएको हो । शाहले आफ्नो उम्मेदवारी खारेजी विरुद्ध दायर गरेको रिटको पेसी शुक्रबारका लागि तोकिएको छ ।
निर्वाचनको मौन अवधि शुरु भएपछि निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो । सो क्षेत्रमा उनको उम्मेदवारी खारेज भएपछि नेकपाका मातृका यादवलाई निर्वाचित भएको घोषणा गरिनुको साथै प्रमाणपत्र प्रदान गरेको छ ।











प्रतिक्रिया दिनुहोस्