Skip to content

ग्यास आपूर्ति अनिश्चितताको बीच वैकल्पिक समाधानः मिडियाका ५ इन्डक्सन मोडल बजारमा

nabil bank

काठमाडौं । पछिल्लो समय मध्यपूर्व क्षेत्रमा बढ्दो भू–राजनीतिक तनाव तथा इजरायल–अमेरिका र इरानबीच देखिएको सैन्य द्वन्द्वका कारण विश्व ऊर्जा आपूर्ति प्रणालीमा असर पर्ने चिन्ता बढेको छ। तेल तथा ग्यास ढुवानी हुने प्रमुख समुद्री मार्गहरूमा अवरोध देखिन थालेपछि अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्ति अस्थिर हुने संकेत देखिएको छ।

यसको प्रभाव दक्षिण एसियासहित नेपालमा पनि देखिन थालेको छ। पूर्ण रूपमा आयातमा निर्भर रहेको नेपालमा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा हुने उतारचढावले ग्यास आपूर्ति प्रणालीमा प्रत्यक्ष असर पार्ने सम्भावना रहन्छ। पछिल्ला दिनहरूमा ग्यास डिपो तथा पसलहरूमा उपभोक्ताको भीड बढ्नु र आपूर्ति अनिश्चित हुने आशंकाले वैकल्पिक खाना पकाउने उपकरणप्रति चासो बढ्दै गएको देखिन्छ।

यही क्रममा अन्तर्राष्ट्रिय घरेलु उपकरण ब्रान्ड मिडियाले आधुनिक प्रविधिमा आधारित इन्डक्सन हबलाई ग्यासको वैकल्पिक समाधानका रूपमा नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार विद्युतीय चुम्बकीय प्रविधिमा सञ्चालन हुने इन्डक्सन हबले छिटो, सुरक्षित तथा ऊर्जा–दक्ष तरिकाले खाना पकाउन मद्दत गर्छ।

कम्पनीका अनुसार मिडियाका इन्डक्सन हबहरूमा टच कन्ट्रोल तथा पुस बटन कन्ट्रोल प्रणाली, ठूलो कुकिङ जोन, तापक्रमको विभिन्न स्तरमा नियन्त्रण गर्न सकिने सुविधा, टाइमर सेटिङ, ऊर्जा बचत प्रविधि, ओभरहिटिङ प्रोटेक्सन तथा मल्टि सेफ्टी प्रणाली जस्ता आधुनिक सुविधा समावेश गरिएको छ। कम आवाजमा सञ्चालन हुने डिजाइन र विभिन्न प्रकारका भाँडाहरू प्रयोग गर्न मिल्ने संरचनाले दैनिक प्रयोगलाई अझ सहज बनाउने कम्पनीले जनाएको छ।

नेपाली बजारमा हाल एमसी–एससीएलसी–२२डब्ल्यू–१५, एमसी–भिएस२१३आर–इएमसी, आरटिवाइ–२०१४, स्काइ–१९१४ तथा एमसी–३डी३००१आर२१२ गरी पाँच फरक मोडलका मिडिया इन्डक्सन हब उपलब्ध छन्। यी मोडलहरू फरक–फरक पावर क्षमतासहित उपलब्ध छन् र सबै उत्पादनमा २४ महिनाको वारेन्टी प्रदान गरिएको कम्पनीले जनाएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi