Skip to content

दुर्गा प्रसाईँको अस्पतालले एक वर्षमा थप्यो पौने ५८ करोडभन्दा धेरै ऋण, व्यापारमा पनि सुधार 

nabil bank

काठमाडौं । दुर्गा प्रसाईँको बीएनसी मेडिकल कलेज एक वर्षमा पौने ५८ करोड रुपैयाँभन्दा धेरै थपेको छ ।  सन् २०२४ सम्म ३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको कर्जा लिएको यस हस्पिटलले सन् २०२५ सम्म आउँदा ५७ करोड ८४ लाख रुपैयाँ बराबरको ऋण थप गरिएको हो ।

सन् २०२५ सम्ममा यस कलेजले ४ अर्ब ४ करोड ७६ खाल रुपैयाँ बराबरको कर्जा लिएको छ । कम्पनीले ३ अर्ब ९४ करोड ७६ लाख दीर्घकालीन कर्जा र १० करोड रुपैयाँ अल्पकालीन कर्जा लिएको जानकारी दिएको छ ।

केयर रेटिङ नेपाल लिमिटेडले ‘बी एण्ड सी मेडिकल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र प्राइभेट लिमिटेड’को दीर्घकालीन कर्जा सुविधालाई ‘केयर–एनपी बी प्लस’ मूल्याङ्कनलाई पुनः पुष्टि गरेको छ। साथै, उक्त संस्थाका अल्पकालीन कर्जालाई  ‘केयर–एनपी ए फोर’ मूल्याङ्कनलाई यथावत् राखेको छ।

कम्पनीको दीर्घकालीनकाे रेटिङ ‘केयर–एनपी बी प्लस’ ले ऋण तिर्ने क्षमता कमजोरदेखि मध्यम स्तरको रहेको जनाउँछ। कम्पनीले अहिले ऋण तिर्ने क्षमता राखे पनि व्यापारिक वा आर्थिक समस्या आएमा ऋण तिर्ने क्षमतामा दबाब पर्न सक्छ भन्ने संकेत गरेको छ । अल्पकालीन रेटिङ ‘केयर–एनपी ए फोर’ कम्पनीको छोटो अवधिको ऋण तिर्ने क्षमता मध्यम÷सन्तोषजनक रहेको देखाएको छ।

बीएनसी मेडिकल कलेजले गत आर्थिक वर्षमा १ अर्ब ३९ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन आव २०२४ भन्दा ४४ प्रतिशत बढी हो । कम्पनीले आव २०२३ मा ८१ करोड ५० लाख र २०२४ मा ९६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २०११ मा स्थापना भएको हस्पिटलले स्वास्थ्यसम्बन्धी विभिन्न सेवा दिँदै आएको छ । यस कलेजका अनुसार गत आवमा प्रत्यक्ष तथा अप्रत्यक्ष बिरामीको सङ्ख्या बढ्न जाँदा व्यापार बढेको हो । साथै, मेडिकल कलेजको कारोबार उल्लेख्य भएको जनाएको छ । गत आवमा बीएनसीको नाफा मार्जिन २३ प्रतिशत छ जुन सन् २०२४ मा २६.६९ प्रतिशत थियो ।

त्यसैगरी, हस्पिटलले चालु आवको ६ महिनाको अवधिमै ७० करोड ८० लाख रुपैयाँको व्यापार गरिसकेको छ । व्यापार बढे पनि कम्पनीको ऋण तिर्ने क्षमता भने निकै कमजोर छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi