काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलाको २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको २० रुपैयाँ घटेको हो ।
आज सुन तोलाको ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख १७ हजार रुपैयाँ रहेको थियो । यसैगरी, बुधबार प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार चाँदीको मूल्य तोलाको २० रुपैयाँ घटेर ४ हजार ४९५ रुपैयाँ कायम भएको छ । बुधबार प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि प्रतितोला २०५ रुपैयाँले घटेर ५ हजार ५१५ रुपैयाँ रहेको थियो।











प्रतिक्रिया दिनुहोस्