Skip to content

मध्यपूर्वी तनावबीच ९ दिनमा नौ हजारभन्दा बढी यात्रुको आवतजावत

nabil bank

काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण हवाई मार्गमा विभिन्न प्रतिबन्ध लगाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यपूर्वका गन्तव्यतर्फ सीमित उडान सञ्चालन भइरहेका छन् । उपलब्ध विवरणअनुसार फागुन २० देखि फागुन २९ गतेसम्मको अवधिमा काठमाडौं–मध्यपूर्व रुटमा चार हजार ९८६ यात्रु नेपाल भित्रिएका छन् भने चार हजार १७७ यात्रु नेपालबाट बाहिरिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्राप्त विवरणअनुसार उक्त अवधिमा फ्लाइ दुबई, एयर अरेबिया, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सका उडान सञ्चालन भएका छन् । उक्त अवधिमा एयर अरेबियाका शारजाह–काठमाडौं–शारजाह तथा अबुधाबी–काठमाडौं–अबुधाबी उडानहरू तुलनात्मक रूपमा बढी सञ्चालन भएका छन् । त्यसैगरी फ्लाइ दुबईका दुबई–काठमाडौं–दुबई उडानहरू पनि नियमित रूपमा सञ्चालन भएका छन् ।

काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण हवाई मार्गमा विभिन्न प्रतिबन्ध लगाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यपूर्वका गन्तव्यतर्फ सीमित उडान सञ्चालन भइरहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi