Skip to content

राष्ट्र बैंकले गर्यो चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा संशोधन, यी हुन् थपिएका नयाँ व्यवस्था

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा परिमार्जन गरेको छ । राष्ट्र बैंकले आज चालु पुँजी कर्जाम्बन्धी मार्गदर्शन, २०७९ को दोस्रो संशोधन गरेको छ ।

जसमा बैंक तथा वित्तीय संस्थाले प्रमानेन्ट वर्किङ क्यापिटल निडको लागि आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्न‍े रहेको छ ।

यस्तो आवधिक कर्जाको भुक्तानी अवधि आफ्नो चालू पुँजी कर्जा नीति बमोजिम निर्धारण गर्नुपर्दछ । यस कर्जाको लागि उपबुँदा (ख) बमोजिमको सीमा लागू हुनेछैन । यसअघि प्रवाह भएको प्रमानेन्ट वर्किङ क्यापिटल निडको आवधिक प्रकृतिको कर्जा ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा २०८३ असार मसान्तसम्ममा एकपटकका लागि मात्र पुनरतालिकिकरण गर्न सकिनेछ । यसरी गरिएको कर्जा पुनरतालिकिकरणलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकिकरण भएको नमानिने उल्लेख छ ।

त्यस्तै इजाजतपत्रप्राप्त संस्थाले चालू पुँजी कर्जाको आवश्यकता विश्लेषण गर्दा २ करोड रुपैयाँसम्म (उत्पादनमूलक उद्योगको हकमा ४ करोड रुपैयाँसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा समेत प्रमानेन्ट वर्किङ क्यापिटल निडको पहिचान भएमा बुँदा नं.३.२ (क) को सीमाको अधिनमा रही फ्लक्चुएटिङ वर्किङ क्यापिटल निडको लागि १ वर्षभन्दा कम अवधिको कर्जा तथा प्रमानेन्ट वर्किङ क्यापिटल निडको आवधिक प्रकृतिको चालू पुँजी कर्जा प्रदान गर्न सक्ने नयाँ ब्यबस्था
छ ।

त्यस्तै चालू पुँजी कर्जाका बिभिन्न खाताहरुमध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम भएको हुनुपर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi