Skip to content

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

nabil bank

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

आज कम्पनीले निष्कासन गरेको आईपीओ बाँडफाँट भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ ।

कम्पनीले फागुन १२ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ४५ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

आईपीओमा २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २३ लाख ७६ हजार ७०५ जनाको आवेदन स्वीकृत भएका छन् । ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi