काठमाडौं । सोपान फर्मास्यूटिकल्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा चैत ९ गतेदेखि श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । जसमा १० प्रतिशतले हुन आउने ४ करोड २९ लाख रुपैयाँको ४ लाख २९ हजार कित्ता सेयर श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीले सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात २ लाख १४ हजार ५०० कित्ता, कर्मचारीका लागि ४ प्रतिशत अर्थात १ लाख ७१ हजार ६०० कित्ता सेयर छुट्याएको छ । बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आईपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।











प्रतिक्रिया दिनुहोस्