Skip to content

निक्कीद्वारा आयोजित ‘स्टार्टअप संवाद’ले स्टार्टअप इकोसिस्टमलाई गति दिन नीतिगत कमी र पूर्वाधार आवश्यकताको पहिचान

nabil bank

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले आज काठमाडौंको डुसिट प्रिन्सेस होटलमा ‘‘स्टार्टअप संवाद राउन्डटेबल’’ आयोजना गर्यो ।

कार्यक्रममा उदीयमान नव उद्यमी यूवाहरू, शैक्षिक क्षेत्रका नेतृत्वदायी प्रतिनिधिहरू तथा उद्योग वाणिज्य क्षेत्रका विज्ञहरू सहितको विविध समूह सहभागी भई नेपालको ‘स्टार्टअप क्षेत्रको वास्तविकताहरु’ को विश्लेषण गर्दै त्यस क्षेत्रको चेतना अभिबृद्धि पैरवी तथा संस्थागत सहयोगका लागि मार्गचित्र तय गर्ने बारे छलफल गरे ।

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को स्टार्टअप तथा प्राइभेट इक्विटी समितिका संयोजक तथा उपाध्यक्ष श्री कुणाल कयालको अध्यक्षतामा सम्पन्न उक्त राउन्डटेबल छलफलमा संघले युवाहरूको विदेश पलायन कम गर्न स्वदेशमै सशक्त उद्यमशील वातावरण निर्माण गर्ने योजना तथा प्रयासको निरन्तरता रहेको जानकारी गराए ।

उक्त छलफलमा सहभागीहरूले स्टार्टअपको विकासमा बाधा र्पुयाइरहेका महत्वपूर्ण अवरोधहरू औंल्याए । मुख्य मुद्दाहरूमा बिशेष गरी नेपालमा यस क्षेत्रको बिकासमा अवरोधको रुपमा स्वरुपिय पूर्वाधार र खरिद प्रणालीसंग सम्बन्धित बिषयह्रु उठाएका थिए । स्टार्टअपहरुले अर्को महत्वपूर्ण बिषयको रुपमा कुनैपनि स्टार्टअपहरुले बिकास गरेका उत्पादनहरुको परीक्षण प्रयोगशाला तथा अनुसन्धान पार्कहरूको अभाव गम्भीर रहेको बताए ।

एग्रो रेन्ज नेपालका सुबाश पाण्डे र दियो एआई का विजय भट्टराईले सरकारी खरिद प्रक्रियामा प्रायः आयातित वस्तुहरूलाई प्राथमिकता दिइने गरेको उल्लेख गर्दै स्थानीय नवप्रवर्तनलाई प्राथमिकता दिने नीतिगत परिवर्तनको लागी पहल गरिदिन माग गरे ।

नव उद्यमी यूवाहरूले अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली प्रयोग गर्न कठिनाइ हुने र विदेशी लगानी नेपालमा ल्याउने प्रक्रियामा जटिलता रहेको पनि बताए । बौद्धिक सम्पत्ति (आईपी) र पेटेन्ट सुरक्षालाई अझ बलियो बनाउनु आवश्यक रहेको विषय पनि दोहोर्याएर उठाएका थिए । नेपाली नवयूवा उद्यमीहरु अन्तरिक्ष प्रबिधि (स्पेस टेक्नोलोजी)मा समेत काम गर्दै गरेको भएता पनि त्यसका लागि विशेष सामग्री खरिद गर्नुपर्ने कठिनाइदेखि नेपालमा आईटी सेवाहरूलाई बिलासिताको को रूपमा हेरिने धारणा सम्मका विषयमा स्टार्टअपहरूले सरकारी निकायहरु स्वदेशी समानहरूको प्रारम्भिक ग्राहक प्रयोगकर्ता बन्नुपर्ने आवश्यकता समेत औंल्याए जसले गर्दा स्टार्टअपहरुलागी शुरुवाती चरणमा केही सहज वातावरण निर्माण गर्न सकियोस ।

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का उपाध्यक्ष गौरव तयालले सहभागीहरूलाई स्वागत गर्दै नेपालमा नवप्रवर्तनकर्ताहरूको सशक्त समूह भए पनि उनीहरूलाई सफल हुन संरक्षित मेन्टरशिप र सरल एक्जिट प्रणाली आवश्यक रहेको बताए ।

छलफलमा काठमाडौं बिश्वबिद्यालय स्कूल अफ मैनेजमेण्ट (कुसुम)का एशोसिएट प्रोफेसर रोशी लामिछाने तथा नेपाल उद्योग वाणिज्य महासंघका स्टार्टअप समितिका संयोजक जुना माथेमा तथा नेपाल उद्योग परिसंघका स्टार्टअप समितिका र्सयोजक अनुराग गोयल लगायतको प्रतिनिधिहरूले इकोसिस्टम भित्रका बिबिधि खण्डहरुका बारे आफ्ना अनुभव साझा गरे । नेपालमास्टार्टअप प्रबद्र्धनका लागी बिभिन्न इनक्युबेसन केन्द्र तथा कार्यक्रमहरू भए पनि ती प्रायः निश्चित संस्थाभित्र मात्र सीमित रहेको बताए ।

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का स्टार्टअप समितिका सदस्य श्री सन्दीप कामतले सिंगापुर र बैंगलोरका सफल इकोसिस्टमसंग तुलना गर्दै नेपालले आफ्नो प्रवासी समुदायको अनुभव राम्रोसंग उपयोग गर्न र शैक्षिक संस्था तथा उद्योगबीच अझ सशक्त सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड दिए भने आध्यन्ताका श्री निश्चल सिंह भण्डारीले ‘लगानीका तयारी’का बिभिध अन्तरबारे चर्चा गर्दै धेरै स्टार्टअपहरूले इक्विटी लगानी आकर्षित गर्नुअघि आफ्नो वित्तीय संरचना अझ व्यवस्थित बनाउनुपर्ने बताए ।

कार्यक्रमको समापन गर्दै नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का उपाध्यक्ष कुणाल कयालले छलफलका क्रममा उठाएका बिषयहरु तथा निष्कर्षहरूलाई नीतिगत तहसम्म पुर्याउने संघको को प्रतिबद्धता ब्यक्त गरे । आज छलफल भएका चुनौतीहरू, नियामक अवरोधदेखि बजारको विश्वास सम्मका बिषयहरुले हाम्रो लागी यस क्षेत्रको बिकासमा पैरवीका लागि स्पष्ट मार्गचित्र प्रदान गर्दछ भने । साथै उहांले नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल–भारत व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउंदै हाम्रा स्टार्टअपहरूको क्षमता विस्तार गर्न र ‘भिजन २०३०’ को खाका निर्माण गर्न सहयोग गर्नेछ भन्ने बिचार ब्यक्त गरे ।

कार्यक्रममा सहभागी स्टार्टअपहरूले हालै भारत सरकारद्वारा भारतको आइआइटी मद्राससमा आयोजित विशेष तालिम तथा मेन्टरशिप कार्यक्रममा सहभागिता जनाएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi