काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरि मत पाएको छ ।
पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तानलाई सांसद बनाएको छ । यसैगरी, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने भएको हो ।











प्रतिक्रिया दिनुहोस्