Skip to content

रास्वपाले समानुपातिक सांसदहरूको नामावली आजै टुंग्याउने

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदहरूको नामावली आजै टुंग्याउने भएको छ। रास्वपाको पार्टी सचिवालय बैठक बसेर नामावली टुंग्याउने तयारी भएको हो । निर्वाचन आयोगले आजसम्मको समय दिएको छ ।

पार्टी प्रवक्ता मनिष झाले आजै नामावली टुंग्याएर बुझाउने तयारी भइरहेको बताए। उनले मन्त्रीहरूको विषयमा औपचारिक छलफल प्रारम्भ नभएको बताए ।

‘औपचारिक रूपमा मन्त्रीको जिम्मेवारी क–कसले लिने भन्ने विषयमा छलफल पनि भएको छैन’ पार्टी केन्द्रीय कार्यालय परिसरबाट झाले भने, ‘निर्वाचन आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउनै बाँकी छ । समय आएपछि यस विषयमा छलफल गर्छौं ।’

सरकार गठनको तयारी भने माघ ५ गते बालेन्द्र शाहलाई प्रधानमन्त्री घोषणा गर्ने दिनदेखि नै शुरू भएको उनले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi