Skip to content

जहाज आक्रमणपछि २० जना थाई चालक दल घर फर्के, तीन अझै बेपत्ता

nabil bank

काठमाडौं । होर्मुजमा आक्रमणमा परेको कार्गो जहाजका २० जना थाई चालक दलका सदस्यहरू सोमबार थाइल्यान्ड आइपुगेको उल्लेख गर्दै तीन जना सहकर्मीहरू अझै बेपत्ता रहेको जहाज कम्पनीले जनाएको छ ।

थाई जहाज मयुरी नरीको मालिक प्रिसियस सिपिंङ पब्लिक कम्पनी लिमिटेडले विज्ञप्ति मार्फत आफ्ना वरिष्ठ अधिकारीहरूले सुवर्ण भूमि विमानस्थलमा चालक दलका सदस्यहरूलाई स्वागत गरेको उल्लेख गर्दै उनीहरूको सहज फिर्तीका लागि सम्बन्धित अधिकारीहरूसँग आवाश्यक समन्वय गरेको बताएको छ ।

यस समयमा आफ्नो सर्वोच्च प्राथमिकताका साथै बेपत्ता भएका तीन जना चालक दलका सदस्यहरू पत्ता लगाउने निरन्तर प्रयास भईरहेको कम्पनीले पुष्टि गरेको छ ।

थाई विदेश मन्त्री सिहासाक फुआंगकेटकोले आइतबार आफ्ना इरानी समकक्षीसँग टेलिफोन मार्फत जहाजमा आक्रमण हुँदा बेपत्ता भएका थाई चालक दलका सदस्यहरूको खोजी र उद्धार कार्यमा इरानी पक्षको सहयोगको माग गर्नु भएको छ ।

उनीहरूले होर्मुजको जल क्षेत्र हुँदै थाई मालवाहक जहाजहरूको सुरक्षित मार्गको लागि पनि छलफल गरेको जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi