Skip to content

८ महिनामा ४० अर्ब ६७ करोड वैदेशिक लगानी प्रतिबद्धता, ५५४ आयोजना बन्दा साढे २१ हजारले रोजगारी पाउने

nabil bank

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिना नेपालमा ४० अर्ब ६६ करोड ९३ लाख ८० हजार रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानीका लागि प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागका अनुसार फागुन मसान्तसम्म उक्त रकमको ५५४ वटा वैदेशिक लगानीका आयोजनाहरू स्वीकृत भएका छन् ।

विभागका अनुसार यो अवधिमा कृषि तथा वन पैदावारमा आधारित उद्योगमा २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ लगानी आएको छ । यो रकम १४ वटा आयोजनाका लागि आएको हो ।

यस्तै धेरै लगानी स्वीकृत भएको दोस्रो आयोजनामा पर्यटन क्षेत्र रहेको छ । पर्यटन क्षेत्रमा १५५ आयोजनाका लागि ११ अर्ब २ करोड ५ लाख रुपैयाँ रुपैयाँ लगानी प्रतिबद्धता भएको छ ।

यस्तै सेवामूलक क्षेत्रमा ३८ आयोजनाका लागि ३ अर्ब ६२ करोड ८० लाख रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ । विभागका अनुसार उत्पादनमूलक क्षेत्रका ३७ आयोजनामा २ अर्ब ५२ करोड ५६ लाख ४४ हजार रुपैयाँ, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका ३०७ आयोजनामा १ अर्ब ३० करोड ६४ लाख ३६ हजार रुपैयाँ, ऊर्जा क्षेत्रमा एउटा आयोजनाका लागि १८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

पूर्वाधार क्षेत्रमा भने कुनै लगानी भित्रिएको छैन । विभाग अनुसार ५५४ आयोजनामध्ये ५३७ वटा आयोजना साना उद्योग रहेका छन् भने ८ वटा मध्यम र ८ वटा मझौला उद्योग रहेका छन् । यी आयोजना निर्माण हुँदा २१ हजार ४९५ नेपालीले रोजगारी पाउनेछन् ।

विभाग अनुसार फागुन एक महिनामा मात्रै ३८ करोड ६० लाख रुपैयाँको ३० वटा आयोजनाहरू स्वीकृत भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi